एभरेस्ट महिला भलिबल लिगको पहिलो सिजनमा ६ फ्रेन्चाइज हुने

काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो सिजनमा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
इन्फिनिटी ड्रिम्स प्रा.लि को आयोजनामा नेपालमा पहिलोपटक भलिबलको फ्रेन्चाइज लिग हुन लागेको हो ।

क्रिकेट र फुटबलपछि फ्रेन्चाइज लिग गर्ने नेपालको राष्ट्रिय खेल भलिबल बनेको छ । इन्फिनिटी ड्रिम्स प्रालीले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिगकोबारे जानकारी दिएको हो । पहिलो सिजनको फ्रेन्चाइज लिगमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णाली हुनेछन् ।

काठमाडौंको प्रवर्द्धकमा शरदकृष्ण टिबरेवाला तथा ललितपुरको प्रवर्द्धकमा अनुज एम तिमिल्सिना, अनुज रिमल र विरोचन खनाल छन् । रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा टिम मधेस रहने भएको छ । गण्डकीको प्रवर्द्धक सौरभ केडिया र टिम चितवनको प्रवर्द्धक निम्बस होल्डिङ हुन् ।

राजेश बगडिया र प्रतिक अधिकारीले टिम कर्णालीको प्रवर्धन गर्ने भएका छन् । काभा महिला भलिबल नेसन्स लिगको सकिएको भोलिपल्टै आयोजकले फ्रेन्चाइज टोली सार्वजनिक गरेको हो ।

इन्फिनिटीका संस्थापक आमिर अख्तरले नेपालमा भलिबल खेल प्रवर्द्धनमा थप टेवा पु¥याउने र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्न भलिबलको फ्रेन्चाइज लिग सुरु गरेको जनाएको छ । आयोजकले केही दिनमा नै नेपाली खेलाडीको ड्राफ्ट सूचि सार्वजनिक गर्ने भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *