सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न
वित्तीय सचेतना भिडियो सार्वजनिक
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरूमाझ सचेतना जगाउनको लागी #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरू एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स (Strategic Growth and Operational Excellence Conference) का बीच सो भिडियो सार्वजनिक गरेका हुन् ।
बढ्दो डिजिटलाइजेसनसंगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बहानामा ग्राहकहरूसँग पासवर्ड, ओटीपी, खाताको विवरणहरू मागेर साथै ग्राहकहरूलाई चिट्ठा तथा अन्य बहुमूल्य सामानहरू जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढी रहेको र यस सचेतना भिडियो बाट बढ्दै गरेका यस्ता गतिविधीहरुको न्यूनीकरण हुने र ग्राहकहरूमा चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीहरूलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नवीनतम एवं नमुना सेवा सुविधा दिदैं अघि बढ्न आग्रह गरेका छन् ।