मधेसका मुख्यमन्त्रीलाई आफ्नै पार्टीले सोध्यो स्पष्टीकरण
मकालु खबर
२०८१ साउन २५ गते
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई उनकै पार्टीले स्पष्टीकरण सोधेको छ ।
जनमत पार्टीले पार्टीको निर्देशन विपरीत र मनोमानी ढंगले काम गर्न थालेपछि मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।
मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकार छ । सरकारको नेतृत्व मुख्यमन्त्री सिंहले गरिरहेका छन् । तर, उनले पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधिएको जनमतका एक नेताले मकालुखबरलाई जानकारी दिए ।
मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारमा मनपरी गरेपछि पहिलो पटक पार्टीको तर्फबाट स्पष्टीकरण सोधिएको ती नेताले बताए ।
मकालु खबर
२०८१ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित