बार्सिलोनाले भित्र्यायो स्पेनिस ओल्मो
मकालु खबर
२०८१ साउन २५ गते
स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट प्लेमेकर डानी ओल्मोलाई अनुबन्ध गरेको छ।
स्पेनका २६ वर्षीय ओल्मो सन् २०१४ मा क्रोएसियाको डिनामो जाग्रेबमा आबद्ध भएका थिए। त्यसअघि उनले युवास्तरमा स्पेनिस क्लब बार्सिलोनाबाटै खेलेका थिए। ६० मिलियन युरो ९५१ मिलियन पाउन्ड० को सम्झौतामा उनी बार्सिलोना फर्केका हुन्।
ओल्मोले बार्सिलोनासँग ६ वर्षको सम्झौता गरेका छन्।
उनले युरो कप २०२४ मा तीन गोल गर्दै स्पेनलाई कीर्तिमानी चौथो पटक प्रतियोगिता जिताउन मद्दत गरेका थिए।
ओल्मो र यमलबीचको उत्कृष्ठ साझेदारीका कारण पनि बार्सिलोना उनलाई फिर्ता ल्याउन तयार भएको हो। बार्सिलोनाले अब निको
विलिएम्सलाई भित्र्याउन पनि प्रयास गरिरहेको छ। तर आफ्ना खेलाडी बेच्न नसके बार्सिलोनालाई आर्थिक व्यवस्थापनमा सकस पर्ने देखिन्छ।
यसका लागि बार्सिलोना आफ्नो केही फरवार्ड बेच्न चाहन्छ।
मकालु खबर
२०८१ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित