डेरामा अचेत भेटिएका गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । पृथक शैलीका गीत गाएर लाखौं स्रोताका मन जित्दै आएका गायक तिमिल्सिनाको शनिबार साँझ निधन भएको हो ।

ललितपरको भैँसेपाटीमा बस्दै आएका सुनसरीका स्थायी वासिन्दा तिमिल्सिनालाई शनिबार साँझ करिब ६ बजेतिर ओछ्यानमा अचेत अवस्थामा फेला पारिएको थियो । परिवारका सदस्यहरूले तत्काल उपचारका लागि पाटन अस्पताल लगेपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । ‘तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’, ‘तिम्रो हातको सिन्दुर’, जुन भन्दिन, ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली संगीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो ।

गायक तिमिल्सिनाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी गरिएको छ । त्यसअघि उनको शव बिहान ८ बजे संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *