डिभोर्सको हल्लाबीच अभिषेकले भने ‘म अहिले पनि विवाहित छु’

काठमाडौँ । भारतीय अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको सम्बन्ध विच्छेदको खबर यतिखेरै निकै चर्चामा छ । हालसालै अभिषेकको एक एआई जेनेरेटेट भिडियो भाइरल भएको थियो ।

उक्त भिडिओमा उनले जुलाईमा ऐश्वर्यासंग डिभोर्स गर्ने बताएका थिए ।

यसबिच पहिलो पटक अभिषेक बच्चनले ऐश्वर्या रायसंगको डिभोर्स बारे अभिव्यक्ति दिएका छन् ।

‘बलिउड युके’ मिडियामा उनले दिइएको इन्टरभ्युमा अभिषेकले यसबारे मिडियासँग कुनै कुरा भन्न नचाहेको बताएका थिए । उनले आफ्नो डिभोर्स बारे मिडियाले
बढाइचढाइ गरेर प्रस्तुत गरिनु दुख लाग्दो कुरा भएको बताएका थिए ।

उनले भनेका थिए ‘म अहिले पनि विवाहित छु, माफ गर्नुस्’

उनले बोलेको यस भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको थियो तर अहिले यस भिडिओलाई इन्स्ट्राग्रामबाट डिलिट गरिएको छ ।

अनलाइनमा आएको उक्त भिडिओ नयाँ हो कि पुरानो भन्ने स्पष्ट छैन तर अभिषेकले आफ्नो डिभोर्सबारे अभिव्यक्ति दिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *