विश्वासको मत लिँदै सुदूरका मुख्यमन्त्री शाह, यस्तो छ अंकगणित
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाएको हो ।
नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको १० दिनपछि उनले विश्वासको मत लिन लागेका हुन् । नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी छ । मुख्यमन्त्री शाहको पक्षमा नेकपा (एमाले) का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन् ।
विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र) का सभामुख सहित ११, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक रहेका छन् ।