कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक बीच सम्झौता
मकालु खबर
२०८१ साउन ३० गते
काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर– काठमाण्डौं र कौशलटार–भक्तपुर स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
मकालु खबर
२०८१ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित