स्थायी समितिमा जवाफ दिनुअघि प्रचण्डले गरे पदाधिकारीसँग छलफल
मकालु खबर
२०८१ साउन ३१ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसँग छलफल गरेका छन् ।
पार्टीको स्थायी समिति बैठक सुरु हुनुअघि प्रचण्डले पदाधिकारीसँग छलफल गरेका हुन् ।
स्थायी समितिले तय गर्ने एजेन्डा र बैठकमा उठेका प्रश्नको हल खोज्न अध्यक्ष प्रचण्डले पदाधिकारीसँग छलफल गरेका हुन् ।
स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने तयारी गरेका छन् ।
प्रचण्डलाई अध्यक्ष पदबाट राजीनामा दिन दबाब आएपछि उनी नेताहरूसँग छलफलमा जुटेका छन् । अन्य साना वामपन्थी दलहरूलाई साथमा लिएर पार्टीमा बलियो बन्ने प्रचण्डको रणनीति छ ।
मकालु खबर
२०८१ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित