बाढीले क्षति भएको सोलु क्षेत्रमा अनुगमन तथा राहत वितरण (तस्बिरहरू)
काठमाडौँ । शुक्रवार जिल्ला सोलुखुम्बु खुम्बु पासाङल्हामु गा.पा.५ थामे स्थित बाढीको कारण पूर्ण रुपमा क्षति भएका १३ घर धुरीका धनी वा प्रतिनिधिहरूलाई (प्रति परिवार) नगद रु १५,००० राहत वितरण गरिएको छ । साथै ३ थानका दरले त्रिपाल, विभिन्न औषधिहरू पनि वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार नेपाली सेनाको हे.क. द्वारा रक्षा मन्त्री मानवीर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारी , नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखेल , गृह मन्त्रालयका सह–सचिव भिष्म भुषाल्, सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री), प्रमुख सेनानि विजय प्रकाश आङदेम्वे, स्थानीय पालिका प्रमुख, जिप्रका सोलुखुम्बुका प्रनाउ द्वारिका प्रसाद घिमिरे समेतको टोलिले क्षति भएको स्थानको स्थलगत अनुगमन गरी उक्त राहत वितरण गरेका हुन् ।
बाँकी खाद्यान्न लगायत अन्य राहत सामाग्रीहरु पठाउने पहल भईरहेको छ । हाल नेपाली सेना र नेपाल प्रहरी समेतको टोली द्वारा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
तस्बिरहरू हेर्नुहोस् :