राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्याङ्कन गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्याङ्कन गर्नुपर्ने बताएकी छन् ।

शनिवार काठमाडौंमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

उनले कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने बताइन् । गणेश पण्डितको मूल्याङ्कन पनि सोही कोणबाट गर्नुपर्ने बताइन् । उनले स्व. पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखी राजनीतिमा होमिएको स्मरण गरिन् ।

उनले अनेक यातना र जेलनेल भोग्दा समेत कष्टपूर्ण यात्रामा राजनीतिमा होमिनु महत्वपूर्ण भएको बताइन् ।

उनले भनिन् ‘कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार हामीले मापन र मूल्याङ्कन गर्नुपर्छ । गणेश पण्डितको मूल्याङ्कन पनि यही कोणबाट गरिनुपर्छ । २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखी व्यवस्थाको विपक्षमा उहाँ जनपक्षिय राजनीतिमा होमिनुभएको थियो । व्यक्तिगत लाभका अनेकौँ अवसरहरू थिए होलान् । तर तिनीहरूलाई बेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित हुनुभएका स्व। पण्डितले पञ्चायती कालरात्रीको समयमा अनेक यातना र जेलनेल भोग्दा समेत राजनीतिक कष्टपूर्ण यात्रामा राजनीतिमा होमिनुभयो । त्यसैले अप्ठ्यारो परिस्थितिमा समेत निडरताका साथ देश र जनताको पक्षमा उभिनुभयो ।’

पूर्वराष्ट्रपति भण्डारीले अप्ठ्यारो परिस्थितिमा समेत नेता र कार्यकर्ताले देश र जनताका लागि निडरताका साथ उभिनुपर्ने बताइन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *