ट्रेडमार्कका प्रमाण सार्वजनिक गर्दै करेन्ट चाउचाउले भन्यो- सर्वोच्चले बिक्रीमा रोक लगाएको छैन

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफूले उद्योग विभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ । करेन्ट चाउचाउको बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भन्ने खालका भ्रमपूर्ण विवरण आएकोतर्फ ध्यानाकर्षण गर्दै फुड्सले अदालतको अवहेलना नगर्न आग्रह गरेको हो ।

प्रतिस्पर्धी सीजी फुड्सले विभागको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतले ‘कानुन बमोजिम गर्नू’ भनी आदेश गरेको जानकारी दिँदै यशोदा फुड्सले अदालतको अवहेलना हुने गरी सीजी फुड्सले भ्रमपूर्ण प्रचार गरेको बताएको छ । यशोदा फुड्सले सयौँ लेबल र ट्रेडमार्क दर्ताका लागि विभागमा आवेदन दिएको र कुनै एक लेबलमा विपक्षीले विरोध गर्दै अदालतको गएको विषयलाई भ्रमपूर्ण प्रचार गरेको भन्दै उसले आपत्ति जनाएको छ ।

करेन्ट चाउचाउ बिक्री वितरणमै रोक लगाइएको, बजारमा गएको समान समेत फिर्ता लिनुपर्ने भन्ने जस्ता भ्रमपूर्ण प्रचार नगर्न समेत उसले विपक्षीलाई आग्रह गरेको छ । स्वाद र गुणस्तरमा ग्राहकले करेन्ट रोज्न थालेपछि प्रतिस्पर्धीले कानुनी झमेला सिर्जना गर्ने र त्यसमा हारेपछि भ्रमपूर्ण प्रचार गर्ने गरेको भन्दै करेन्टले उपभोक्तालाई कुनै भ्रममा नपर्न आग्रह गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *