शोक र उल्लासको संगम ‘गाईजात्रा’
काठमाडौं । नेपाल विभिन्न धार्मिक एवं सांस्कृतिक विविधता रहेको देश को । जहाँ विभिन्न जात, धर्म तथा संस्कृति मान्ने गरिन्छ । विभिन्न धर्म अनुसार विभिन्न चाड पर्वहरू मनाउने गरिन्छ ।
त्यस मध्य नेवार समुदाय भित्र पनि धेरै चाड पर्वलगायत जात्राहरू मनाइने गरिन्छ । धेरै जात्राहरू मध्य गाईजात्रा पनि एक हो । उक्त पर्व काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धूमधामका साथ गाईजात्रा पर्व मनाइने गरिन्छ । विशेष गरि नेवार समुदायले गाईजात्रा पर्व मनाउने गर्दछन् । गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ ।
गाईजात्राको सुरुवात मल्ल राजा प्रताप मल्लले गरेका हुन् । छोराको मृत्युमा शोक मनाइराखेको रानीलाई खुसी पार्न गाईजात्राको सुरुवात गदै ‘हाम्रा घरमा मात्रै मान्छे मरेका होइनन्’ अरूको घरमा पनि मरेका छन् भन्ने महसुस आफ्ना रानीलाई गराएका थिए । गाईजात्राका दिन वर्ष भरिमा मरेका आफन्तका नाममा वा सम्झनामा गाईको रूप धारण गरी वा मरेका मान्छेको फोटो टाँसी टोलटोल घुमाइने गर्दछन् ।
गाउँघरमा गाई जात्रा निकाल्नको लागि मरेको व्यक्तिको एक जोर लुगा गाई बनाउनको लागि राख्ने चलन रहेको छ । गाई जात्रा निकाल्न राखिएको लुगा र मरेका व्यक्तिको फोटो टाँसी गाई जस्तो बनाइन्छ । उक्त गाईलाई लिई दिन भरि गाउँ टोल घुमाई धारा वा कुनै ठाउँमा सेलाइने गरिन्छ ।
गाईजात्रा हरेक वर्ष भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । यस दिन मरेका मान्छेहरूको सम्झनामा दान दिने चलन पनि रहेको छ । यस दिन बाजा बजाउँदै गाईको रूप धारण गरि नाच्दै टोल टोल घुम्ने गरिन्छ । गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित रहेको छ ।
नेवारहरूले मनाउने धेरै जात्राहरू मध्य गाईजात्रा पर्व ठुलो मानिन्छ । जुन ठाउँमा नेवारहरूको बसोबास रहेको हुन्छ त्यहाँ गाईजात्रा मनाइने गरिन्छ । यसरी टोलटोलमा गाई घुमाउनुको धार्मिक अर्थ अनुसार मरेका व्यक्तिहरू गाईको पुच्छर समातेर वैतरणी पार गर्न सजिलो हुन्छ र यमराजले पनि स्वर्गको ढोका खोलिदिन्छ भन्ने मान्यता रहेको छ । यस दिन आफन्तहरू गुमाएका परिवारले दुख व्यक्त गर्ने अवसर पनि पाउँछन् ।
जुन घरबाट गाई निकालिन्छ त्यस घरमा आफ्नो छोरीबेटी, इष्टमित्र, गाउँटोलका मानिसहरु लगायत गुठिका सम्पूर्णलाई बोलाई भोज खुवाउने गरिन्छ । यस दिन स्वर्गको ढोका खुला हुन्छ र गाईलाई यसरी घुमाउनाले मृतक स्वर्ग जान सक्छ भन्ने धार्मिक परम्परा रहेको छ ।
गाईजात्रालाई पछिल्लो समय अभिव्यक्त गरिने नाच र व्यङ्ग्यात्मक प्रस्तुतिमा राजनीतिक र सामाजिक विसङ्गतिहरूलाई लक्षित गर्ने गरि मनाउँदै र कार्यक्रमहरू आयोजना गर्दै आएका छन् । यस दिन विशेष गरि काठमाडौं उपत्यका भित्र गाई वा गाईको रूपमा सिँगारिएर टोलटोल परिक्रमा गरि मनाइने गरिन्छ ।
सो दिन नेपाल भर गाईजात्रा पर्व मनाइने भएकाले सार्वजनिक बिदा हुने गर्दछ ।