मंकीपक्सबाट कंगोमा ५७० बढीको मृत्यु

एजेन्सी । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ ।

मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपत्काल घोषणा गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार ७ सय जनामा संक्रमण देखिएको र त्यसमध्ये ५७० जनाको मृत्यु भइसकेको बताए । भाइरसबाट धेरै सङ्क्रमित भएकाहरू युवा छन् ।

डिसेम्बर २०२२ मा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ । स्वास्थ्य मन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठूलो मात्रामा फैलिनबाट रोक्न मद्दत गरेको बताए ।

अफ्रिकी संघको स्वास्थ्य एजेन्सीका अनुसार २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाहरूको संख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *