टर्कीद्वारा आफ्ना १० खुसी सहरहरू घोषणा

एजेन्सी । टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटले सोमवार टर्कीका सहरहरूको लागि आफ्नो खुसीको र्याकिङ जारी गरेको छ । कालो सागर क्षेत्रमा रहेको देशका ८१ प्रमुख सहरहरूमध्ये सिनोप ७७.६६ प्रतिशतमा शीर्ष स्थानमा छ ।

टर्किस स्ट्याटिस्टिकलका अनुसार ७६.४३ प्रतिशतको खुसी दरका साथ सिनोपलाई पश्चिमी एजियन क्षेत्रको अफ्योन्काराहिसरले पछ्याएको छ । पूर्वी एनाटोलिया सहर बेबर्ट ७५.९१ प्रतिशतका साथ तेस्रो स्थानमा छ भने मध्य एनाटोलियाको किरिक्कले ७५.४८ प्रतिशतको खुसी दरका साथ चौथो स्थानमा छ । एजियन क्षेत्रको कुटाह्या सहरको खुसी दर ७३.७६ प्रतिशत रहेको छ भने मध्य एनाटोलियाको कानकिरीमा ७३.५ प्रतिशत रहेको छ ।

ब्ल्याक सी सहर डुज्सेले ७२.७७ प्रतिशत खुसीको दर देखाएको छ भने एजियन क्षेत्रमा रहेको उसाकले ७२.३४ प्रतिशतको साथ पछ्याएको छ । दक्षिणपूर्वी एनाटोलियामा रहेको सिर्टले ७१.६५ प्रतिशतको खुसी दरको रिपोर्ट गरेको छ भने दक्षिणपूर्वमा रहेको सिरनाकमा ७१.३६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *