प्रेस विज्ञप्ति

मुक्तिनाथ बैंक र चापाकोट क्याम्पस स्याङ्जा बीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं. ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्झौता भएको छ । साथै व्यवहारिक ज्ञानको लागि इन्टर्नसिप गर्ने र बैंकिङ्ग करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्ष बिच आपसी सम्झौता भएको हो ।

उक्त समझदारी पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरे ।

चापाकोट क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रमहरूमा मुक्तिनाथ विकासका बैङ्कले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही अवसरहरू प्रदान गर्ने समझदारीको मुख्य उद्देश्य रहेको र यो समझदारी ५ वर्ष अवधि सम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकालले बताए ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका शाखा प्रमुख नवीन काफ्ले, चापाकोट क्याम्पसका पूर्व अध्यक्षहरू हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारहिरु, प्राज्ञिक व्यत्तित्वहरु सिताराम गैह्र्रे, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल, पे्रम चन्द्र भट्टराई, उप प्राध्यापकहरू, शिक्षक, शिक्षिकाहरू, समाजसेवी लगायत वडा नं।९ का वडा अध्यक्ष कृष्ण सुवेदी लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

चापाकोट क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *