रोनाल्डोले खोले युट्युब च्यानल, ११ घण्टामै ९.७४ मिलियन सब्स्क्राइबर

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधबार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्वजनिक गर्दै अन्ततः युट्युबमा आएका हुन् ।

सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रूपमा आएका थिएनन् । युट्युबमा उनले केही भिडियो समेत शेयर गरेका छन् । उनले युट्युब च्यानल मार्फत आफ्नो बारेमा थप जानकारी हासिल गर्न सकिने बताएका छन् । युट्युब च्यानल खोलेको ११ घण्टामै ९.७४ मिलियनले रोनाल्डोको च्यानललाई सब्सक्राइब गरेका छन् ।

रोनाल्डोको सामाजिक सञ्जाल एक्समा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन तथा इन्स्टाग्राममा ६३६ मिलियन फलोअर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *