गोकुल बास्कोटाले किन लेखे- घुम्ने मेचमाथि अन्धो मान्छे ?
काठमाडौं । पूर्वमन्त्री गोकुल बास्कोटाले धुलिखेलको चार किलोमिटर बाटो नबनेकोमा आक्रोश व्यक्त गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तीन जना मन्त्री फेरिए पनि धुलिखेलको चार किलोमिटर बाटो बन्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
उनले मन्त्रीलगायत पदाधिकारीहरु एकले अर्कालाई देखाएर पन्छिने काम मात्रै गरेको बताए । ‘जनता सोधिरहे, धुलिखेल खावा बाटो कहिले बन्छ ? मैले भनिरहे यो साल । भौतिक मन्त्रालयले तीन मन्त्री, डीजी फटायो तर चार किलो बाटो बनाएन,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘गत साता मन्त्री भेटे सचिव देखाए, सचिव भेटे डीजी देखाए । हिजो डीजीलाई सोधे ठेकदारलाई थाहा होला भने । यो देश बन्छ । जसरी भूपीले लेखेथे- घुम्ने मेचमाथि अन्धो मान्छे ।’
जनताले सोधिरहे,धुलिखेल खावा बाटो कहिले बन्छ?मैले भनिरहे,यो साल।भौतिक मन्त्रालयले तीन मन्त्री,डीजी फटायो तर चार किलो बाटो बनाएन।गतसाता मन्त्री भेटे सचिव देखाए,सचिव भेटे डीजी देखाए।हिजो डिजीलाई सोधे ठेक्दारलाई था होला भने।यो देश बन्छ।जसरी भूपीले लेखेथे-घुम्ने मेचमाथि अन्धो मान्छे।
— Gokul Prasad Baskota (@GokulPBaskota) August 22, 2024