सीजी मोटर्सद्वारा एकै पटक १५ वटा किङ्गलङ्ग इलेक्ट्रिक भ्यान हस्तान्तरण
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले स्मार्ट सिटी यातायात प्रा.लि. यातायात व्यवसायी प्रा.ली. लाई एकैपटकमा २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्मार्ट सिटी यातायात प्रा.लि. यातायात व्यवसायी प्रा.ली. लाई एकैपटकमा १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको हो ।
सी.जी. मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा सम्पूर्ण सी.जी. मोटर्स परिवार अत्यन्तै हर्षित र गर्भान्वीत भएको बताए ।
उनले स्मार्ट सिटी यातायात प्रा. लि. लाई गाडी हस्तान्तरण गर्दै गर्दा वातावरण संरक्षण तर्फ लिएको सो कदमलाई धन्यवाद दिएका छन् ।
बजारमा प्रचलित डिजेल भ्यानहरू सँग तुलना गर्दा इलेक्ट्रिक माइक्रो भ्यानहरूले अत्यधिक खर्चहरू पूर्ण रुपमा कटौती गरी धेरै भन्दा धेरै बचतको बाटो खोलिदिएको छ । प्रति किलोमिटरको अपरेटिङ्ग कष्ट को हिसाब गर्ने नै हो भने २ रुपैयाँ भन्दा पनि कम हुन आउँछ जसकारण हाम्रो यातायात व्यवसायीहरूले न्यूनतम खर्चमा धेरै आम्दानी गर्न सकिन्छ ।
किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा 50.23 kWh को ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा ए.बि.एस., इ.बि.डि., १८० एम.एम. ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए.सि. जस्ता विशेषताहरू पाउन सकिन्छ भने उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ ।
ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ । साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ । नेपालभर १९१ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ ।