मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यक : प्रदेश प्रमुख भट्ट

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यक रहेको बताएका छन् । पोखरा जेसीजद्वारा शुक्रवार आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को उद्घाटन गर्दै उनले सक्षम युवा नेतृत्वले राष्ट्रको समग्र विकासमा योगदान गर्न सक्ने बताए ।

“सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिङ्गो राष्ट्रको विकास हुनेछ । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिनसक्छ”, उनले भने, “यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ ।”

कर्मठ युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जेसीजले असल, योग्य युवाहरुको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेकोमा उहाँले प्रशंसा गरे ।

‘जेसीआई नेपाल बिजनेश एकेडेमी’मा हुुने प्रशिक्षणले युवाहरूलाई व्यवसायको सुरुवात गर्न, व्यवस्थापन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीपहरुको आर्जनमा ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *