सिटी र आर्सनलको लगातार दोस्रो जित, युनाइटेड स्तब्ध
काठमाडौं । उपाधि दाबेदार मानिएका म्यानचेस्टर सिटी र आर्सनलले लगातार दोस्रो तिज निकाल्दा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
इङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा सिटीले इपस्विच टाउनलाई ४–१ गोल अन्तरले पराजित गरको गर्यो । इपस्विच टाउनले खेलको सातौं मिनेटमा सामी साज्मोडिकको गोलमा शुरुवाती अग्रता हासिल गरेपनि सिटीले तुरुन्तै कमब्याक गरेको थियो । खेलको १२औं १६ र ८८औं मिनेटमा इर्लिंग हालाण्डले गोल गर्दै आफ्नो यस सिजनको पहिलो ह्याट्रिक पुरा गरेका थिए । केभिन डी ब्रुनेले खेलको १४औं मिनेटमा गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको २ खेलमा ६ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । पस्विच टाउनले भने लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।
अर्को खेलमा आर्सनलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक एक गोल गरेका थिए । यो जितपछि आर्सनलले २ खेलमा ६ अंक हासिल गरेको छ भने एस्टन भिल्लाको २ खेलमा ३ अंक रहेको छ ।
यस्तै ब्राइटनले ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । ब्राइटनको जितमा जोआओ पेड्रोले खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेका थिए ।
त्यसअघि खेलको ३२औं मिनेटमा ब्राइटनले डानी वेलब्याकको गोलमा शुरुवाती अग्रता लिएको थियो भने म्यानचेस्टर युनाइटेडले खेलको ६०औं मिनेटमा अमाद डिआल्लोको गोलमा खेल बराबरी गरेको थियो ।
यो जितपछि ब्राइटनले प्रिमियर लिगको नयाँ सिजन शानदार रुपमा शुरुवात गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । यो जितपछि ब्राइटनको २ खेलमा ६ अंक भएको छ । नयाँ सिजनको पहिलो खेल जितेको म्यानचेस्टर युनाइटेडले भने दोस्रो खेलमा हार बेहोरेको छ । यो हारपछि म्यानचेस्टर युनाइटेडको २ खेलमा ३ अंक रहेको छ ।