गौरा पर्वले आपसी प्रेम,सद्भाव र आत्मियता अभिवृद्धि गर्नेछ : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेशको सांस्कृतिक एवं धार्मिक पर्व गौराले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्दै जाने बताएका छन् ।

आइतबार गौरा पर्व २०८१ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परापूर्वकालदेखि मनाइँदै आइरहेको गौरा पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासमा टेवा पुर्याउने बताए ।

“सुदूरपश्चिममा विशेष महत्वकासाथ परापूर्वकालदेखि मनाइँदै आइरहेको गौरा पर्वले सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “यसपर्वले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासहित शुभकामना व्यक्त गर्दछु ।”

उनले गौरा पर्वका अवसरमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि सुस्वास्थ्य एवं दीर्घायु तथा प्रगतिको कामना गरेका छन् । सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा शनिबारदेखि सुरु भएको छ । पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *