तीन दिनपछि निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरु)

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेको बस निकालिएको छ ।

गत शुक्रवार पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो । आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी बस निकालिएको हो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्युु भएको थियो ।

दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : मुग्लिन बजार फेसबुक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *