आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

मंगलबारको तुलनामा बुधबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर सबै बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ५९ पैसा पुगेको छ  ।

युरो एकको खरिद दर १४९ रुपैयाँ ६६ पैसा र बिक्री दर १५० रुपैयाँ ३३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ १७ पैसा र बिक्री दर १७७ रुपैयाँ ९६ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *