पाँचथरमा ग्रिनेट विस्फोट : एकैघरका दाजु बैनीको मृत्यु

काठमाडौं । पाँचथरको फालेलुङ-५ प्राङबुङमा भएको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीकाअनुसार विस्फोटमा परी एकै घरका दाजु बैनीको मृत्यु भएको हो ।

घाइते दुई वर्षीया प्रिन्सा साँवाको उपचारका लागि लैजाँदै गर्दा इलाममा र उनको दाइ ११ वर्षीय दिप्सन साँवाको उपचारका क्रममा बी एण्ड सी अस्पताल झापामा मृत्यु भएको हो । उनीहरु स्थानीय दिलीप साँवा छोराछोरी हुन् ।

विस्फोटमा परेर स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते छन् । घाइतेमध्ये पवनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । दिपशनको स्थानीय स्वास्थ्य चौकीमै उपचार गरिएको छ। उनीहरु खतरामुक्त रहेको डिएसपी भण्डारीको भनाई छ ।

प्रहरीले ‘होममेड ग्रिनेट’ विस्फोट हुँदा उनीहरूको मृत्यु भएको अनुमान गरेको छ । सोही स्थानमा अर्को शंकास्पद बस्तु पनि फेला परेको छ । नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *