बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा

काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा सो पुस्तकालय सञ्चालनमा आएको हो ।

‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आव्हान गरेकी थिइन् । आव्हानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ । प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक संकलन तथा प्रयोग भएको थिएन ।

पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिँदै पहिला पहिला ज्ञानको बैँकका रुपमा रहेको पुस्तक रहने भएकाले उल्लेख गरेको सचिवालयले जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *