अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु

काठमाडौं । अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु भएको छ । दशौं हजार अस्ट्रेलियालीहरू शक्तिशाली विद्युतबिहीन भएका छन् ।

अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको राज्य न्युसाउथ वेल्सका अधिकारीहरूले सोमवार बिहान रूख भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अर्का एक जना सामान्य घाइते भएका छन् र नजिकैको अस्पतालमा लगिएको छ । शक्तिशाली बतास र भारी वर्षाले दक्षिण पूर्वी अस्ट्रेलियामा ठूलो क्षति पुर्‍याएको छ ।

अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको राज्य भिक्टोरियामा सोमवार बिहान ८ बजेसम्म १ लाख ४० हजारभन्दा बढी मानिस विद्युतविहीन थिए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *