संसदीय निर्वाचनको तयारीमा जुट्यो जोर्डन
काठमाडौं । जोर्डनले सेप्टेम्बर १० मा हुने संसदीय चुनावको तयारी गरिरहेको छ । प्रतिनिधित्व सुधार गर्न २०२२ मा नयाँ निर्वाचन कानून लागू गरेपछि संसदीय निर्वाचन हुन लागेको हो ।
कानूनले १३० बाट १ सय ३८ सांसदको संख्या बढाउँछ र महिला र युवा उम्मेदवारहरूको समावेशीकरणलाई बढावा दिने प्रावधानहरू समावेश गर्दछ ।
नयाँ कानूनअनुसार प्रत्येक राजनीतिक दलको उम्मेदवार सूचिमा प्रत्येक तीन उम्मेदवारका लागि कम्तीमा एक महिला र शिर्ष पाँच पदमा ३५ वर्षमुनिका एक व्यक्ति समावेश गर्नुपर्नेछ ।
यसका साथै सुशासनमा युवा सहभागिता बढाउने उद्देश्यले संसदीय उम्मेदवारको न्युनतम उमेर ३० बाट २५ वर्षमा झारिएको छ ।
आगामी चुनावलाई जोर्डनको राजनीतिक संक्रमणमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ । नागरिकहरूले अर्थपूर्ण सुधारको आशा व्यक्त गरेका छन् ।
जोर्डनको संसदको निर्वाचित तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले सिनेटको साथमा काम गर्नेछ ।
जसमा राजाले शाही डिक्रीमार्फत नियुक्त गरेका ६५ सदस्यहरू हुन्छन् । अप्रिलमा, राजा अब्दुल्ला द्वितीयले यस चुनावी प्रक्रियाको महत्वलाई जोड दिए । निर्वाचनको अखण्डता र उल्लङ्घन रोक्न आवश्यक रहेकोमा जोड दिए ।
स्वतन्त्र निर्वाचन आयोगका अनुसार निर्वाचनमा ३८ लाइसेन्स प्राप्त राजनीतिक दलमध्ये ३६ वटा सहभागी हुनेछन् । दर्ता मतदाताको संख्या ५१ लाख नाघेको छ जसमा करिव २७ लाख महिला र २४ लाख पुरुष छन् ।
अम्मानमा आधारित अनुसन्धान फर्मद्वारा हालैको सर्वेक्षणले नोभेम्बर २०२० मा गत संसदीय चुनावको २९.९ प्रतिशतको तुलनामा करिब ३५.० प्रतिशत मतदान हुने अनुमान गरेको छ ।