सिद्धार्थ बैंकका ग्राहकहरूलाई अकामा होटेलमा १५ प्रतिशत छुट
मकालु खबर
२०८१ भदौ १७ गते
काठमाडौं । सिद्धार्थ बैंक र अकामा होटेल लि.(काठमाडौं, धुम्बाराही) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुम्बाराही स्थित अकामा होटेलमा बैंककोकार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथै हेल्थ क्लब सुबिधामा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
मकालु खबर
२०८१ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित