प्रधानमन्त्रीलाई बालेनको आग्रह– कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै शाहले यस्तो आग्रह गरेका हुन् । ज्ञान विहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला, उनले लेखेका छन् ।

उनले लेखेका छन्– ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईँ आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञान विहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’

बालेनले एमाले सांसद रेखा कुमारी शर्माले बालश्रम राखेको भन्ने मुद्दामा कार्यकर्ताहरूले केही भ्रमहरू फैलाएको बताएका छन् ।

उद्धार गरेकी बालिकाको बुबालाई शर्माले प्रयोग गरी महानगरविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हाल्न लगाएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *