‘जिब्रो थुत्नुपर्ने अभिव्यक्ति फिर्ता लिएर सरकारका प्रवक्ताले माफी माग्नुपर्छ’

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।

गएको आइतबार पोखरामा पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले सङ्घीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गर्दै आएको प्रसङ्गमा आइजिपीको ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भएको हो । मन्त्रीको अभिव्यक्तिका विषयमा पूर्व प्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ ।

मञ्चले विज्ञप्ति जारी गर्दै एक विशिष्ट श्रेणीका राष्ट्रसेवक प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै जिब्रो थुत्नुपर्ने अभिव्यक्ति भाषिक अराजकता रहेको बताएको छ ।

यस्ता प्रकारको भाषाले पूरै प्रहरी सङ्गठनको मानमर्दन भएको मञ्चले उल्लेख गरेको छ । उक्त अभिव्यक्ति फिर्ता लिएर आइजिपीसँग माफी माग्न मन्त्री गुरुङलाई मञ्चले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *