सर्पले डसेका युवकको बाटोमै मृत्यु
मकालु खबर
२०८१ भदौ १८ गते
सर्लाही । जिल्लाको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ । हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्यु भएको हो ।
आलेलाई गएराति शौचालय जाने क्रममा गोमन सर्पले डसेकामा उनलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
गएराति नै सर्पले डसेको भए पनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए ।
मकालु खबर
२०८१ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित