रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लियो : लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दावी गरेका छन् ।

धनगढीमा सोमबार बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा बोल्दै पूर्वउप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले सो कुरा बताएका हुन् ।

उनले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विषेश समिति सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त समेत व्यक्त गरे ।
उनले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको बताए ।

सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टिकाटिप्पणी भइरहेका उल्लेख गर्दै समितिको प्रतिवेदनबाट यो प्रष्ट हुने धारणा राखे ।

“जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाएहुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ”, उनले भने,“यस विषयमा समितिले विधि र पद्दतिमा रहेर निष्कर्ष निकाल्ने नै छ ।”

पार्टीका सह-प्रवक्ता रमेश प्रसाईले पार्टीमा देखिएको उतारचढाबबाट बिचलित नभएर सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *