प्रेस विज्ञप्ति

सी.जी मोटर्सले सब–कम्प्याक्ट एस.यु.भी ‘दायुन युइहु’ चाँडै नै सार्वजनिक गर्ने

काठमाडौँ । नाडा अटो शो २०८१ मा सी.जी. मोटर्सले विभिन्न ८ वटा ब्रान्डहरू प्रदर्शनमा राखिएको थियो भने, नाडा अटो शो सकिए लगत्तै सी.जी. मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ ।

चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरू उत्पादन गर्दै आएको दायुन ग्रुपले चीन बजारको सफलता पश्चात् चौधरी ग्रुप अन्तर्गत सी.जी. मोटर्सले दायुन युइहु सब–कम्प्याक्ट एस.यु.भी. नेपाली बजारमा बिक्री वितरण सुरु गर्न लागेको हो ।

नेपाली बजारकै मोष्ट अफरडेवल सब–कम्प्याक्ट एस.यु.भी, दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सी.जी. मोटर्सले जनाएको छ । दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सी.जी. मोटर्सको विज्ञप्तिमा उल्लेख छ ।

दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ जसले १२५ एन.एम. को टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेञ्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डि.सी चार्जर मार्फत ५४ मिनेट भन्दा कम लाग्दछ ।

दायुन युइहु सब–कम्प्याक्ट एस.यु.भी उत्कृष्ट २०१ एम.एम को ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । फ्रन्ट एण्ड रियर इन्डिपेन्डेन्ट शस्पेन्शन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरूमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने बताएको छ । इन्डिपेन्डेन्ट शस्पेन्शन समावेश गरीएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको छ ।

७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टायर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, ए.बि.एस, इ.बि.डि., हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *