प्रेस विज्ञप्ति
ज्योति विकास बैंकका ग्राहकहरूलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरमा विशेष छुट
मकालु खबर
२०८१ भदौ २५ गते
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित ‘Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd’ मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
बैंकका अनुसार यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
उक्त स्विमिङ्ग पुल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरूको पनि व्यवस्था रहेको छ ।
मकालु खबर
२०८१ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित