प्रेस विज्ञप्ति

वीरगंजमा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

बैंकको वीरगंज महानगरपालिका वडा नं. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं. ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ के.मी. मिटर उत्तर- पूर्वतर्फ) मा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साबिकको शाखाका ग्राहकहरूले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्राज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *