दसैँ नजिकिएसँगै रङ्गियो राजधानी (तस्बिरहरू)

काठमाडौँ । नेपालीहरूको महान् चाडपर्व दसैँ, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै राजधानी काठमाडौँ रङ्गिन बनाइने काम सुरु भइसकेको छ ।

यतिखेर राजधानीको विभिन्न पुलहरूमा रङ्ग लगाउने काम धमाधम भइरहेको देख्न सकिन्छन् । काठमाडौँ महानगरपालिकाले पुलहरू रंग्याउने काम ठेक्का दिएको हो ।

गत आइतबारदेखि राजधानीका पुलहरूमा रङ्ग लगाउन सुरु गरिएको वाणगंगा प्रवेशद्वार नजिकैको पुलमा रङ्ग लगाइरहेका सुमन गौतमले जानकारी दिए । उनले यतिखेरि धोबीखोला छेउका धेरै पुलहरूमा एकसाथ रङ्ग लगाउने काम भइरहेको बताए । उनले नमुना पुलमा रङ्ग लगाइसेको र सेतो पुलमा भने रङ्ग लगाउने काम जारी रहेको बताए ।

उनका अनुसार पुलमा रङ्ग लगाउने ८/९ जनाको एउटा समूह रहेको छ । उनीहरू बिहान ७ बजेदेखि काम सुरु गर्छन् र बेलुकी ६ बजेसम्म काम गरेर घर फर्कन्छन् ।

हेर्नुहोस् तस्बिरहरू : –

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *