अनशन बसेको एक दिनमै पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

विराटनगर । कोशी प्रदेश सभा सदस्य केदार कार्कीले आमरण अनशन तोडेका छन् । प्रदेश सरकारले मागहरू पूरा गर्ने लिखित प्रतिबद्धता जारी गरेपछि पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले बुधवार अनशन तोडेका हुन् ।

मंगलबार अनशन बसेका उनले बुधवार नै अनशन तोडेका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने लिखित प्रतिबद्धता जारी गरेपछि अनशन तोडिएको हो ।

उनले उठाएका माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाइ कार्कीले अनशन तोडेका हुन् ।

प्रदेश सरकारसँग दश वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क लगायतका विभिन्न माग राख्दै उनी मंगलबारदेखी आमरण अनशन बसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *