सिके राउतले हाले सम्बन्ध विच्छेदको मुद्दा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले पत्नीसँग सम्बन्ध विच्छेद गर्न चाहेका छन् ।

उनले पत्नीसँग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।

पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध राम्रो नरहेको भन्दै सिके आफैले भदौ १२ गते मुद्दा दायर गरेका हुन् ।

अध्यक्ष राउतकी पत्नी रानी भारतीय नागरिक रहेको बताइन्छ । अध्यक्ष राउतले छोराछोरी आफूसँगै राख्न पाउन पनि माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *