प्रेस विज्ञप्ति

नयाँ ईभी ब्रान्ड ‘स्मार्ट’ नेपालमा चाडै लञ्च हुने

काठमाडौँ । सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ को नेपालमा लञ्च गर्न लागेको छ , जसले इलेक्ट्रिक ड्राइभिङ्गमा आधुनिकताको नयाँ लहर ल्याउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको हो । चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएका छन्, जसले चालकलाई प्रिमियम प्रविधिको अनुभव दिनेछन् ।

विश्वभरि १६ लाखभन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको जनाएको छ । दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर–असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन् ।

विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको स्मार्ट #१ र #३ अब छिटै नेपालमा प्रक्षेपण हुँदै र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *