लागुऔषध बिक्री वितरणको आरोपमा रास्वपाका पूर्वसांसद श्रेष्ठ पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद ढाका कुमार श्रेष्ठलाई कास्की प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखरा स्थित पृथ्वीचोकबाट बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक(एसपी) मोहन कुमार थापाले मकालुखबरलाई बताए ।

श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित लागुऔषध विक्री वितरण गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको थापाले जानकारी दिए । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *