उच्च बिन्दुमा रहेको सुनको मूल्य ३ हजारले बढ्यो
मकालु खबर
२०८१ भदौ २८ गते
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यो दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । बिहीबार भने सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत भदौ २५ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । उक्त दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ थियो ।
यो दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ६५ रुपैयाले बढेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको हो ।
मकालु खबर
२०८१ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित