धर्मान्तरण विरुद्ध विश्वहिन्दु महासंघको प्रर्दशन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँस्थित माइतीघरबाट विश्वहिन्दु महासंघले ‘धार्मिक र्‍याली’ निकालेको छ ।

नेपाललाई हिन्दु राज्य पुनः स्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले शुक्रवार र्‍याली निकालेको हो ।

देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण र्‍याली गरिएको र्‍यालीमा उपस्थितहरुले बताएका छन् ।

र्‍यालीमा प्रदर्शनकारीहरूले नेपालको झन्डा सहित विभिन्न देवताका चित्र कोरिएको पहेलो झन्डा बोकेका थिए ।

उक्त प्रदर्शनमा राप्रपाका नेता तथा सांसद पशुपतिशमशेर राणा, धवल शमशेर राणासहित विश्वहिन्दू महासंघका पदाधिकारी, राजावादी संगठन, हिन्दूराष्ट्र पक्षधरलगायतको उपस्थिति भएका थिए ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *