आईएसएमटी कलेजको चौथो ‘जब फिअर’, विद्यार्थीलाई पढाई सँगै रोजगारी (तस्बिरहरु)

काठमाडौँ । आईएसएमटी कलेजको चौथो ‘जब फिअर’ कार्यक्रम सम्पन्न भएको छ ।

आईएसएमटी कलेजले आफ्ना विद्यार्थीहरूलाई रोजगारीका लागि भौँतारिनु नपरोस् भन्ने उद्देश्यका साथ विभिन्न समयमा ‘जब फिअर’ कार्यक्रम संचालन गरिरहेको छ ।

जस अन्तर्गत आज शुक्रबार भएको उक्त कार्यक्रममा एक सय ५० जना विद्यार्थीहरूले सेवा र परामर्श लिएका छन् ।

कार्यक्रममा १७ कम्पनीहरू सहभागी भएका थिए । आईएसएमटी कलेजका एकेडेमिक कोअर्डीनेटर ग्रिस दाहालले पहिलाको तुलनामा भन्दा अहिले विद्यार्थीहरूले ‘जब फिअर’ कार्यक्रममा बढी उत्सुकता जनाएको बताए ।

कक्षामा मात्र विद्यार्थीहरूलाई नपढाएर उनीहरूको भविष्यको लागि के–के आवश्यक पर्छ भन्ने धारणको साथ जब फिअर कार्यक्रम गर्दै आएको बताए ।

‘जब फिअर’ कार्यक्रममा सहभागी विद्यार्थीहरू धेरैले इन्टर्नसिप र जागिर पनि पाएको बताएका छन् । उनले यस कार्यक्रमबाट कम्पनीहरूलाई चाहिने कर्मचारीहरू पनि पाएका र विद्यार्थीहरूले पनि पढाई सकेर बस्नु नपरेको बताउँछन् ।

नेपाली विद्यार्थीलाई नेपालमै रोक्नका लागि आईएसएमटी कलेजले विगत लामो समयदेखि सकारात्मक प्रयास गर्दै आइरहेको छ । गुणस्तर शिक्षा मात्रै नभएर कलेजले विद्यार्थीलाई नेपालमै रोजगारी समेत दिइरहेको छ ।

आईएसएमटी कलेज बेलायत युकेको विश्वविद्यालय सन्डरल्याण्डको सम्बन्धनमा विगत २०११ देखी सञ्चालनमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *