मेसीको शानदार कमब्याक, मियामीको जितमा गरे दुई गोल

काठमाडौँ । लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन् । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३–१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन् ।

मेसीले खेलको २६औं र ३०औं मिनेटमा गोल गरेका थिए । मेसी गत जुनदेखि इन्टर मियामीका लागि पहिलोपल्ट खेलेका हुन् । इन्टर मियामीका लागि तेस्रो गोल लुइस स्वरेजले गरेका हुन् । स्वरेजले एक गोल असिस्ट समेत गरेका थिए । यस अघि खेलको दोस्रो मिनेटमा नै फिलाडेफियाले मिकाएल उह्रेको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २८ खेलमा ६२ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यसै गरि फिलाडेफियाको भने २८ खेलमा ३० अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *