माओवादीप्रति जनताको आकर्षण बढेको छ : उपमहासचिव पुन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादी जनताको बीचमा थप स्थापित हुँदै गएको र आकर्षण बढेको बताए ।

माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र सङ्ख्या नतोक्न आग्रह गर्दै पूर्वमन्त्री समेत रहेका नेता पुनले आगामी दिनमा आफूहरु थप सबल र सक्षम बन्ने विश्वस व्यक्त गरे । नेपाली जनतालाई मूर्ख नठान्न र नहेप्न सबैप्रति उनले सचेत गराए ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लोकतन्त्रको सर्भिसिङ र रि–ब्राण्डिङ गर्न सुरु गरेको, सुशासनका पक्षमा प्रभावकारी कदम चालेको नेता पुनको भनाई छ ।

भ्रष्टाचार, राज्य दोहनविरुद्ध पूर्ववर्ती सरकारले प्रभावकारी कदम चालेको र त्यसलाई नेपाली जनताले आत्मसात् गरेको नेता पुनले बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *