लोकतान्त्रिक अपाङ्ग संघ र केएमसी अस्पतालबिच सम्झौता (भिडिओ)

काठमाडौं । काठमाडौं मेडिकल कलेज र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ नेपालबिच सम्झौता भएको छ ।

आइतबार एक कार्यक्रमका बीच अपाङ्ग संघ र मेडिकल कलेजबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको हो ।

काठमाडौं मेडिकल कलेज र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ नेपालबिच सम्झौतामा अपाङ्गता भएका बिरामी भर्नामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमामा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्मा र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका सदस्य माधव प्रसाद चौलागाईले हस्ताक्षर गरे ।

यस सम्झौतासँगै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका सदस्यहरूको काठमाडौं मेडिकल कलेज (केएमसी) मा विशेष सहुलियतमा उपचार हुने छ ।

सम्झौता कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य डा.सुनिल कुमार शर्माले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले आगामी दिनहरूमा थप सहयोग गर्ने इच्छा राखेको बताए ।

‘अपाङ्गता भएर बस्नु भएका साथीहरूलाई राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मार्फत समन्वय गरेर काठमाडौं मेडिकल कलेजमा उपचारमा ल्याउँदा हामीले भर्ना भएर उपचार गर्दा महँगो हुने भएकोले त्यसमा हामीले ५० प्रतिशत छुटको व्यवस्था गरिदिएका छौं,’उनले भने, ‘यो हाम्रो सामाजिक दायित्व पनि हो । यो समाजमा हामी जन्मिएर आइसके पछि यसरी देशका विभिन्न ठाउँहरूमा बस्नु भएका आर्थिक रुपमा पनि विपन्न र शारीरिक रुपमा पनि अपाङ्गता भएका मान्छेहरूलाई सहयोग गर्न पाउनु र पुण्यको काम पनि हो । हामी यसमा खुसी पनि छौं । साथीहरूले राम्रो ढङ्गले सदुपयोग गर्नुहोला भन्दै आगामी समयमा हामीले सकेको अरु केही थप सहयोग गर्न सकिएछ भने गरौँला ।’

सम्झौता सम्बन्धी कार्यक्रममा राप्रपाकी केन्द्रीय सदस्य तथा अभिनेत्री रेखा थापाको पनि सहभागिता थियो ।

कार्यक्रममा बोल्दै अभिनेत्री थापाले अपाङ्गताको विषयमा ‘हिम्मतवाली’चलचित्र निर्माण गरेको बताइन् ।

उनले आफूले गर्न सक्ने माध्यम चलचित्र क्षेत्र भएकोले यस माध्यमबाट नै अपाङ्गता भएका व्यक्तिहरू बारे प्रस्तुति देखाएको बताइन् ।

काठमाडौं मेडिकल अस्पतालबाट अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिएको सहयोगमा उनले खुसी व्यक्त गरिन् । उनले यस कार्यका लागि सांसद शर्मालाई धन्यवाद पनि दिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *