कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

काठमाण्डौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

भरतपुर महानगर पालिका वडा नं. २, चितवन निवासी सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात उनका श्रीमान् इन्द्र नारायण श्रेष्ठलाई बिमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम कुमारी बैंक लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो । सानिमा जिआईसि इन्स्योरेनस लि.बाट बीमा दाबी रकम प्राप्त भएपश्चात् कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको छ ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ५ वर्ष देखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *