एभरेष्ट वुमन्स भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिगको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द,वात्सल्य नेचुरल आईभिएफका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र आयोजक इन्फिनीटी ड्रिम्स प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक गरेसँगै स्नेभी चापागाईंले ट्रफी टुर हुने जानकारी गराए । मङ्गलवारदेखि ट्रफी टुर सुरू हुनेछ । यो ट्रफीलाई सातै प्रदेशमा लगिनेछ । सोही कार्यक्रममा वात्सल्य नेचुरल आईभिएफ प्रमुख प्रायोजकको रूपमा रहेने घोषणा गरिएको छ ।

करिव ७० लाखको प्रायोजन वात्सल्य नेचुरल आईभिएफबीले गरेको हो । वात्सल्य नेचुरल आईभिएफका संस्थापक तथा प्रवन्ध निर्देशक प्रशान्त सुवेदीले आयोजक इन्फिनीटी ड्रिमस प्रालिलाई नगद ५५ लाख उपलब्ध गराउने जानकारी दिए ।

यसबाहेक कोल्याटर र प्रचार प्रसार जस्ता कामको लागि थप १५ देखि २० लाख खर्च हुने उनले जनाए । यो सम्झौता दुई वर्षको लागि भएको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिबलसँग जोडिएकोमा प्रमुख प्रायोजकलाई धन्यवाद दिंदै लामो समयसम्म यो साथलाई कायमै राख्न पनि आग्रह गरे ।

उनले आयोजक इन्फिनीटी ड्रिम्स प्रालिले महिला भलिबल लिगमा नसोचेको कामको सुरुवात गरेकोमा धन्यवाद दिए । लिग असोज १४ गतेदेखि १९ गतेसम्म हुनेछ । कुल ६ टिमको सहभागीता रहनेछ ।

६ टिम, मार्की खेलाडी र टिममा समावेश हुने नेपाली खेलाडीको नाम सार्बजनिक भइसकेको छ । छिट्टै पुरस्कार रकम घोषणा गरिने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *