श्वास फेर्न संघर्ष गर्दै प्यालेस्टिनी परिवार

काठमाडाैं । मध्य गाजापट्टीको देइर अल-बालाहबाट विस्थापित प्यालेस्टिनीहरु जीवनयापनका लागि संघर्ष गरिरहेका छन् । बालबालिकाहरु आफ्नो भविष्य अन्धकारमा राखेर श्वास फेर्न संघर्षरत छन् । सेप्टेम्बर ३ मा, इजरायली सेनाले देर अल-बालाहमा अल-डोकी परिवारको घरमा आक्रमण गरेको थियो ।

हानानकी आमा शिमाको हत्या ग-यो । उनकी कान्छी बहिनी र उनका बुबा गम्भीर रूपमा घाइते भए । उनकी बहिनी मिस्कले इजरायली आक्रमणमा आफ्नो देब्रे खुट्टा गुमाइन् । बुबा गम्भीर चोटका साथ सघन हेरचाह इकाईमा छन् ।

अहिले उनको परिवारलाई हातमुख जोड्नै समस्या परेको छ । उनीमात्रै होइन यस्ता परिवार यतिबेला गाजापट्टीमा प्रशस्तै छन् । उनीहरु खानेकुरा, बस्ने ठाउँ र स्वास्थ्योपचारबाट वञ्चित छन् । बालबालिकाहरु आफ्नोजीवन अन्धकारमा राख्न बाध्य छन् ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको हमलाको विरुद्धमा बदला लिन गाजा पट्टीमा हमास विरुद्ध आक्रमण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *